महाकाली प्रादेशिक अस्पतालद्धारा गरिएका प्रगति सार्वजनिक

रेफर सेन्टर मात्रै नरहेको अस्पताल प्रशासनको भनाई

 कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा गरेका प्रगतिका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महाकाली प्रादेशिक अस्पतालले कोभिड महामारीको तेस्रो लहरमा गरेका महत्वपुर्ण कार्यका विषयमा समेत जानकारी गराईएको थियो । महाकाली प्रादेशिक अस्पतालमा ६१ जना स्थायी चिकित्सकको दरबन्दी भएकोमा विज्ञ ४७ जना चिकित्सकको दरबन्दी रिक्त रहेका जनाइएको छ । यस्तै महाकाली प्रादेशिक अस्पतालमा डायलासिसका लागि प्रक्रिया अगाडि बढेको छ । डायलासिस सेवा सुचारु भएसंगै प्रतिदिन ५ जनालाई सेवा दिन सकिने महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।

 साथै महाकाली प्रादेशिक अस्पतालमा जनशक्तिसंगै यन्त्र उपकरणको व्यवस्थापन गरीन थालेसंगै पछिल्लो समय महाकाली प्रादेशिक अस्पताल रेफर सेन्टरका रुपमा मात्रै नरहेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान संगै आईसीयुको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था लगायतका विविध क्षेत्रमा सुधार गरिएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले बताउनु भयो । यसैविच कोरोनाको तेस्रो लहरका बेला महाकाली प्रादेशिक अस्पतालमा संक्रमितहरु उपचारका लागि बढि नै आएका भएपनि मानवीय क्षति भने निकै कम भएको अस्पताल प्रशासनले जनाएको छ । पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा फार्मेसी व्यवस्थापनका विषयमा सोधिएको प्रश्नमा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले केन्द्रबाट औषधी समयमै नपुग्दा केही समस्या भएको भएपनि त्यसको उचित व्यवस्थापनका लागि पहल भइ रहेको बताउनु भयो ।

 महाकाली प्रादेशिक अस्पतालमा नाक कान घाटी विशेषज्ञ चिकित्सक भएपनि सो सम्बन्धी सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे सोधिएको प्रश्नमा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. अर्जुन भट्टले पर्याप्त यन्त्र उपकरणको अभावमा नाक, कान, घाटी सम्बन्धी रोगको उपचार प्रभावकारी हुन नसकेको बताउनु भयो । उक्त अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधवसिंह धामी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.