कञ्चनपुरको कृष्णपुर नगरपालिकामा घरेलु हिशां र महिला हिंशा सम्बन्धी अन्र्तक्रिया तथा सचेतीकरण कार्यक्रम आईतवार सम्पन्न
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा घरेलु हिशां र महिला हिंशा सम्बन्धी अन्र्तक्रिया तथा सचेतीकरण कार्यक्रम आईतवार सम्पन्न भएको छ । एल डब्लु एफको सहयोगमा राष्ट्रिय मुक्त हलिया महासंघ र जिल्ला मुक्त हलिया समाज कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा मुक्त हलिया महिला, दलित, अपांगता भएका महिलाहरुलाई १ दिने घरेलु हिंशा तथा महिला हिशां न्युनीकरणका लागि अन्र्तक्रिया तथा सचेतीकरण कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, मेलमिलापकर्ता लगायतको उपस्थिति रहेको थियो । १ सय ५० जना भन्दा बढी महिलाहरुको सहभागितामा घरेलु हिंशा तथा महिला हिशां न्युनीकरणका लागि अन्र्तक्रिया तथा सचेतीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहारले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।