कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहर निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ नैकाप नाका आमबगैया स्थित भारतबाट लागु औषधको कारोबार गर्न नेपाल पैदल आउदै गरेका जिल्ला पेलभित्त तहशिल पुरनपुर थाना हजारा ग्राम बजाराघाट वहेला गाउँ भारत बस्ने अन्दाजि बर्ष २२ का बलजित सिंह लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध बरामद गरिएको हो । सिंहको साथमा रहेको सेतो पलाप्टिकको थैलोमा दायाँ हातमा सटको बाउला भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा १०.९१ ग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी निजलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.