अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएकोमा विरोधमा गरिएको नेपाल बन्दको प्रभाव कञ्चनपुर कैलाली सहित सुदुरपश्चिम प्रदेशमा

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएकोमा विरोधमा गरिएको नेपाल बन्दको प्रभाव कञ्चनपुर कैलाली सहित सुदुरपश्चिम प्रदेशमा पनि देखिएको छ । कञ्चनपुर, कैलाली सहित सुदुरपश्चिम प्रदेशमा पनि नेपाल बन्दको प्रभाव देखिएको हो । नेपाल बन्दको प्रभावका कारण शैक्षिक संस्था, सार्वजनिक सवारीका साधनहरु सोमवार दिनभर बन्द रहेका थिए । केही अटो रिक्सा र मोटरसाइकलहरु सञ्चालनमा नै रहेका भएपनि अन्य सवारी साधनहरु भने बन्द नै रहेका थिए ।
यसैविच कञ्चनपुरमा एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुसंग प्रहरीको विवाद हुदा २ जना घाइते भएका जनाइएको छ । नेकपा विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गर्दा सोमबार २ जना घाइते भएका जनाइएको छ । घाइते हुनेमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी रहेका छन् । दुवै जनाको टाउकोमा चोट लागेको छ । घाइते दुवै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार गरिएको जनाइएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको विप्लव समूहका कार्यकर्ताले आरोप लगाएका छन् । विप्लवसहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले बन्द आव्हान गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.