कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख, ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलन गरी जनाईएको छ । ‘सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को गठन भए पश्चात सुदुरपश्चिमको खेलकुद क्षेत्रको विकास गर्नका लागि विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउदै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपकबहादुर सिंहले सुदुरपश्चिम प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री कप अन्तर्गत आगामी चैत ७ गतेदेखि १२ गतेसम्म धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजनाको तयारी सुरु गरेका बताउनु भयो । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई मेडल सहित नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिष्टर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार सहित पुरस्कृत गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगद पुरस्कार दिईनेछ । सुदुरपश्चिम प्रदेशको टीमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिईने काम पनि अहिले भईरहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपकबहादुर सिंहले बताउनु भयो । प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरे काम अगाडी बढिरहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
Comments are closed.