नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनु भएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २ सय १० मतमध्ये चौधरी १ सय १४ मत पाउँदै विजयी भएका हुन् भने उहाका प्रतिद्वन्द्वी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाएका छन् । प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम , मानसिंह माल (डडेल्धुरा र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् । सचिवमा जनक बुढा (बझाङ), सह– सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा ) विजयी भएका छन् । निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्षका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २ सय २३ जना सदस्य मात्रै छनोट गरेको थियो । निर्वाचनबाट सोमबार साँझ प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.