कञ्चनपुरमा मंगलवार ब्याडमिन्टन प्रतियोगिता सञ्चालन

कञ्चनपुरमा मंगलवार ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा उक्त ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा आयोजित पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ । मगलवार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले हराउँदै सो उपाधि जितेको हो । कञ्चनपुर स्थित श्री नम्बर २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको सहकार्यमा भएको प्रतियोगितामा कञ्चनपुर जिल्ला भरका २८ टोलीले सहभागिता जनाएका थिए । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ । उपाधि विजेता खेलाडीलाई श्री नम्बर २५ वाहिनी अड्डाका निमित्त वाहिनीपति महासेनानी शशिकिरण रायमाझी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी र जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष ओम बस्नेत लगायतले पुरस्कृत गरेका हुन् । प्रतियोगितामा डगौँरा र अवस्थीको जोडी द्वितीय भएको छ । भने भरत चन्द र धीरज चन्द एवं प्रेमसिंह भाट र प्रकाश पन्तले तृतीय स्थान हाँसिल गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.