पछिल्लो समय कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणी स्थित विजयसाल सामुदायिक होमस्टेमा पर्यटक पाहुनाहरु पुग्न थाले

पछिल्लो समय कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणी स्थित विजयसाल सामुदायिक होमस्टेमा पर्यटक पाहुनाहरु पुग्न थालेका छन् । आर्गनिक विभिन्न थारु परिकारका खानाको स्वाद लिनका लागी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणी स्थित विजयसाल सामुदायिक होमस्टेमा पर्यटक पहुनाहरु पुग्न थालेका हुन् । दैनिक दर्जन भन्दा बढी थारु आर्गनिक थारु परिकारका खानाको स्वाद लिनका लागीे पर्यटक पाहुनाहरु पुग्ने गरेको विजयसाल सामुदायिक होमस्टेले जानकारी दिएको छ । विजयसाल सामुदायिक होमस्टेमा पुग्ने पर्यटक पाहुनाहरु घरेलु कखुराको मासु, सुकाइएको माछाको सिढरा, घोंघी, ढिक्री, बत्तै चराको मासु, बयरको चट्नी र अनदीको भात बढी रुचाउने गरेको कंचनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणीको विजयसाल सामुदायिक होमस्टेका अध्यक्ष जमुना चौधरीले बताउनु भयो । साथै पाहुनाहरुको ईच्छा अनुसार थारु समुदायका सांस्कृतिक सखियानाच, छोक्रा, लठ्ठि, झुम्रा, मघौटा लगायतका नाचगान समेत देखाउने गरेका र एक समुहका पाहुनाहरुबाट तीन हजार रुपैया लिने गरेको होमस्टेका सचिव परदेशनी चौधरीले बताउनु भयो । विजयसाल सामुदायिक होमस्टेमा पुग्ने पर्यटक पाहुनाहरुका लागि नजिकैको सामुदायिक वनमा रहेका पर्यटकीय क्षेत्र सिस्ने सीमसार अवलोकन गर्न सकिने व्यवस्था समेत मिलाइएको छ । थारु समुदायको संस्कृतिको संरक्षण गर्ने तथा पर्यटकहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना गर्न सकियोस् भन्नका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणी मा विजयसाल सामुदायिक होमस्टे सञ्चालन गरिएको जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.