सामुदायीक रेडियो प्रशारक संघ(अकोराव) सुदुरपश्चिम प्रदेशको तेश्रो साधारण सभा कैलालीको धनगढीमा सम्पन्न

सामुदायीक रेडियो प्रशारक संघ(अकोराव) सुदुरपश्चिम प्रदेशको तेश्रो साधारण सभा कैलालीको धनगढीमा सम्पन्न भएको छ । सामुदायीक रेडियो प्रशारक संघ(अकोराव) सुदुरपश्चिम प्रदेशको आयोजनामा आईतबार आयोजीत साधारण सभामा १ वर्षको आर्थीक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएका सामुदायीक रेडियो प्रशारक संघ(अकोराव) सुदुरपश्चिम प्रदेश समिति सचिव अमरराज भट्टराईले सुदुरपश्चिममा ४८ वटा सामुदायिक रेडियोहरु रहेको जानकारी गराउदै केहि नयाँ सामुदायिक रेडियोहरु समेत खुलेको तर सामुदायीक रेडियो प्रशारक संघ(अकोराव)मा दर्ता हुन बाँकी रहेको बताउनु भयो । यसैगरी आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएका सामुदायीक रेडियो प्रशारक संघ(अकोराव) प्रदेश कोषाध्यक्ष राम बहादुर खत्रीले कोरोना भाइरसको प्रकोपले गर्दा खासै कार्यक्रम हुन नसकेका बताउनु भयो । हालसम्म कार्यक्रम गर्न आर्थिक स्रोत नआएको बताउदैँ उहाले समितिका पदाधिकारीहरु आ–आफ्नै खर्चमा कार्यक्रम गर्न बाध्य भएको बताउनु भयो । सामुदायीक रेडियो प्रशारक संघ(अकोराव) का सुदुरपश्चिम प्रदेश अध्यक्ष जगत खड्काको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड रहनु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.