कञ्चनपुरमा विभिन्न दुर्घटनामा परेर वा अन्य कारणले बिरामी परी रगतको आवश्यकता परेकाहरुले चाहिएको समयमा चाहिएको गु्रपको रगत पाउन समस्या

कञ्चनपुरमा विभिन्न दुर्घटनामा परेर वा अन्य कारणले बिरामी परी रगतको आवश्यकता परेकाहरुले चाहिएको समयमा चाहिएको गु्रपको रगत पाउन समस्या हुने गरेको बताएका छन् । कुनै दुर्घटनामा पर्दा होस् वा अन्य बेला रगतको आवश्यकता परेमा अस्पतालहरुले रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमा सम्पर्क गर्न भन्ने गरेका भएपनि चाहिएको समयमा सबै किसिमका रगतको उपलब्धता नहुदा कतिपय बेला खाली हात फर्कनु परि रहेको बिरामी र बिरामीका आफन्तहरुले बेलाबेलामा गुनासो गर्ने गरेका छन् । यता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरले भने कञ्चनपुरमा बिरामी भएर रगतको आवश्यकता परेकाहरुलाई रगत उपलब्ध गराउदै आइ रहेको जनाएको छ । रगतको आवश्यकता परेकाहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरले सञ्चालन गरी रहेको रक्त सञ्चार सेवा केन्द्रबाट रगत लिने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.