कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थापना गरिएको बधशाला प्रभावकारी नभएको पाइयो

कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थापना गरिएको बधशाला प्रभावकारी नभएको पाइएको छ । आम जनमानसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने विषयलाई गम्भीरताका साथ लिएर बधशालाको स्थापना गरिएको भीमदत्त नगरपालिकाले बताइ रहदा बधशालाको प्रभावकारीता भने नदेखिएको पाइएको हो । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर समेत रहेको भीमदत्त नगरपालिका क्षेत्र भित्र विभिन्न स्थानहरुमा मापदण्ड विपरीत जथाभावी रुपमा जनावरहरुको बध गरेर मासु काट्नेक्रम बढ्दै गई रहेको भन्दै गत वर्ष भीमदत्त नगरपालिकाले बधशालाको स्थापना गरेको थियो । बधशाला स्थापना पश्चात अन्य ठाउमा जनावरको बध गर्न नपाईने भन्दै मापदण्ड सहित स्थापना गरिएको बधशालामा मात्रै जनावर लगेर बध गर्नुपर्ने भीमदत्त नगरपालिकाले सुचना नै जारी गरी आग्रह गरेको भएपनि त्यसको उल्लंघन भएको पाइएको छ । जुन उदेश्यका साथ बधशालाको स्थापना गरिएको हो सो उदेश्यअनुरुप बधशाला सञ्चालन नगरीदा त्यसको प्रभावकारीता नदेखिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरी सिंह धामीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार गत वर्षको कार्तिक महिनामा बधशालाको स्थापना गरी मण्डी व्यवसायी संघसंग बधशालाको सञ्चालनका लागि सम्झौता गरिएको भएपनि प्रभावकारी रुपमा सञ्चालन नभएको हो । अब भीमदत्त नगरपालिकाले ठेक्कामा बधशाला सञ्चालन गर्ने विषयमा योजना बनाई रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरी सिंह धामीले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.