मंगलवार मार्च ८ तारिखका दिन अन्र्तराष्ट्रिय नारी दिवश सुदुरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो
मंगलवार मार्च ८ तारिखका दिन अन्र्तराष्ट्रिय नारी दिवश सुदुरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैविच कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा पनित अन्र्तराष्ट्रिय नारी दिवश मनाइएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले गाउका महिलाहरुको सशक्तिकरणका लागि र गाउका महिलाहरुको समस्या समाधानका लागि भन्दै वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको आफ्नै कार्यालयमा अन्र्तराष्ट्रिय नारी दिवश मनाएको हो । नारी दिवशका दिन शहरमा नारा र जुलुस लगाउनुको सट्टा गाउमा नै रहेका महिलाहरुको अवस्थाका बारेमा जानकारी लिने, समस्या समाधानका लागि पहल गर्ने उद्येश्यले नारी दिवश मनाइएको जनाइएको छ । सो कार्यक्रममा सहभागीहरुले १ सय १२ औँ नारी दिवश मनाई रहदा आफुहरुले भने यो नै पहिलो नारी दिवश मनाएको जस्तो अनुभव गरेका बताएका थिए । कार्यक्रममा सहभागी महिलाहरुले महिला पुरुष एक रथका दुई पाग्रा भनिएपनि महिलाहरुले विभिन्न राजनीतिक, सामाजिक कठिनाई भोगि रहेका बताउदै त्यसको न्युनीकरण गर्नका लागि सबै महिला एक हुनुपर्नेमा जोड दिएका छन् ।
साथै उहाहरुले महिलाहरुको विकासका लागि र महिलाहरुलाई समान अधिकार दिनका लागि पुरुषको साथ पनि आवश्यक रहेकोमा जोड दिएका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले नारी दिवशको सन्र्दभमा आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्षता सहकारीका अध्यक्ष तुलसी जोशी रहनु भएको थियो भने प्रमुख अतिथि शिक्षा क्षेत्रमा उल्लेख योगदान दिनु भएका समाजसेवी नारादेवी जोशी रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका जोशीले अधिकारसंगै कर्तव्यलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा बोल्दै वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीले सहकारी संस्थाले महिलाहरुलाई शसक्त रुपमा अगाडि बढाउनका लागि सहकारीले भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा विभिन्न जातीयताका आधारमा विभेदमा परेका दलित समुदायका महिला, एकल महिला, जनजाति महिला, ज्येष्ठ महिलाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष मञ्जु सिंहले गर्नु भएको थियो ।