राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले एमसीसी सम्झौता देशहितमा नहुदा नहुदै पनि सरकारले संसदबाट अनुमोदन गरेको बताउनु भयो
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले एमसीसी सम्झौता देशहितमा नहुदा नहुदै पनि सरकारले संसदबाट अनुमोदन गरेको बताउनु भएको छ । देशहित विपरीत रहेको अमेरिकी सहयोग परियोजना सत्तामा रहेका दलहरुले संसदबाट पास गरेको उहाले बताउनु भएको हो । आज बुधवार कञ्चनपुरको महेन्द्रनगरमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले एमसीसी सम्झौतालाई व्याख्यात्मक टिप्पणी सहित पास गरिएको भन्दै सत्तामा रहेका दलका नेताहरुले भनि रहेको सन्दर्भलाई जोड्दै एमसीसीलाई पास गराउन गरिएको एक बहाना मात्रै व्याख्यात्मक टिप्पणी भएको र त्यसको कुनै अर्थ नरहेको बताउनु भयो । साथै उहाले राष्ट्रिय प्रजातन्त्र पार्टीको जोड जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्नेमा रहेको बताउनु भयो । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुदा अहिले देशमा अन्यौलको वातावरण बनेको बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर गरी रहेको आमसभा र अन्र्तक्रिया कार्यक्रम अन्र्तगत राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजना गरीने विभिन्न कार्यक्रममा सहभागी हुन कञ्चनपुर आउनु भएको हो ।