केही दिनअघि कैलालीको धनगढीमा एक युवकको हत्या गरेर फालिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक

केही दिनअघि कैलालीको धनगढीमा एक युवकको हत्या गरेर फालिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या आरोपमा पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो । बुढाद्वयले मिलेर कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । सोमबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो । गुप्ता भारतबाट धनगढी शिवपुरी धामनजिक डेरा गरेर बस्दै आएका थिए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान कार्य तीव्र पारेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.