बैतडीको सुर्नया गाउपालिकामा रहेको वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई पुरुस्कार तथा छात्रवृत्ति बितरण
बैतडीको सुर्नया गाउपालिकामा रहेको वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई पुरुस्कार तथा छात्रवृत्ति बितरण गरेको छ । अभिभावक दिवस कार्यक्रमको अवसरमा बैतडीको सुर्नया गाउपालिका वडा नम्वर २ मा रहेको वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई पुरुस्कार तथा छात्रवृत्ति बितरण गरेको हो । वासुदेव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भान बहादुर चन्दको सभाध्यक्षमा भएको पुरुस्कार तथा छात्रवृत्ति बितरण कार्यक्रमका प्रमुख अतिथि बैतडीको सुर्नया गाउपालिका वडा नम्वर २ का वडा कार्यालयका वडा अध्यक्ष हर्क बहादुर पाण्डेय रहनु भएको थियो । विशिष्ट अतिथिमा बैतडीको सुर्नया गाउपालिकाकोे वासुदेव माध्यमिक विद्यालयका प्रधान अध्यापक जित बहादुर पाण्डेय, शिक्षक अभिभावक संघ बैतडीका देव बहादुर चन्द रहनु भएको थियो । कृष्ण स्मृतिको सम्झनामा वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना छात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको जनाइएको छ । यसैगरी लक्ष्मी स्मृतिको सम्झनामा कक्षा १० मा अध्ययनरत प्रथम स्थान हासिल गरेका २ जना छात्राहरुलाई १५ हजार पुरुस्कार प्रदान गरिएको छ । भने कक्षा १२ मा अध्ययनरत २ जना छात्राहरुलाइ २० हजार पुरुस्कार प्रदान गरिएको बैतडीको सुर्नया गाउपालिका वडा नम्वर २ मा रहेको वासुदेव माध्यमिक विद्यालयका शिक्षक बिक्रम खडकाले बताउनु भयो । यसैगरी विशाल स्मृति छात्रवृति ३ जना छात्रालाइ वितरण गरिएको छ भने १ जना उत्कृष्ठ दलित छात्रालाई छात्रवृति वितरण गरिएको छ । सो पुरुस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रममा सो विद्यालयमा अध्ययनरत छात्रा छात्रहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने र विद्यालयको पठनपाठलाई प्रभावकारी रुपमा अगाडी बढाउनेमा जोड दिएको बताइएको छ ।
Comments are closed.