डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढे

डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढेको छ । नेपाल सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै प्रारम्भिक अनुगमन टोलीले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेको हो । सुदूरपश्चि विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारीसहितको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिन डडेल्धुरा पुगेका डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनु भयो । उहाका अनुसार डडेल्धुरामा स्वास्थ्य प्रतिष्ठानका लागि केही वर्षयता अभ्यास गरिँदै आएकामा पछिल्लो समय सरकारले नै मेडिकल कलेजका लागि सैद्धान्तिक सहमतिको निर्णय गरेपछि गतिविधिहरू सञ्चालन भइरहेको छ । सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरा रहेकाले मेडिकल कलेज अपरिहार्य रहेको डडेल्धुराको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनु भयो । डडेल्धुराकै परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि आफू र आफूनिकट नेपाली कांग्रेस पार्टी सकारात्मक रूपले लागेको बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएका कारण सबै राजनितिक दलले सकारात्मक भूमिका खेलेमा मेडिकल कलेजको काम अगाडि बढाउन सजिलो हुने उहाले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.