दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमास्थल स्तरोन्नतिको काम सुरू भएको छ । स्तरोन्नतिका लागि कान्छाराम÷केएस÷उमा एण्ड कम्पनीले ४५ करोड ६६ लाख ७१५ रूपैयाँमा ठेक्का लिएको छ। निर्माण कम्पनीले तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौता गरेको छ । कम्पनीका इन्जिनियर जितेन्द्र यादवका अनुसार विमान स्थलको रनवेको माथिल्लो तहको खुकुलो माटो‚ झाडी र बुट्यान हटाउने काम सुरू भएको छ । झारपातसँगै खुकुलो माटो हटाएपछि स्तरीय माटो भरान गर्ने बताउदै कम्पनीका इन्जिनियर जितेन्द्र यादवले त्यसपछि ग्राभेल गरी रनवे ( धावनमार्ग) कालोपत्रेको कार्य हुने र धावनमार्गसँगै ट्याक्सी वे र एप्रोन लगायतको कार्य गरिने बताउनु भयो ।
Comments are closed.