कञ्चनपुर जिल्लामा बजार अनुगमन गर्ने कार्यलाई सरोकारवालाहरुले वेवास्ता गरेको पाइयो

कञ्चनपुर जिल्लामा बजार अनुगमन गर्ने कार्यलाई सरोकारवालाहरुले वेवास्ता गरेको पाइएको छ । बजार अनुगमनको जिम्मेवारी पाएका वाणिज्य आपुर्ति कार्यालय धनगढी, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्राथमिकतामा बजार अनुगमनको कार्य नपरेको हो । चाडपर्वका बेला केही समय बजार अनुगमन हुने गरेको भएपनि नियमित रुपमा बजार अनुगमन नभई रहेको भन्दै उपभोक्ताहरुले भने गुनासो गरेका छन् । बजार अनुगमन किन नियमित भइ रहेको छैन् त भनि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीसंग बुझ्दा उहाले बजार अनुगमनको जिम्मेवारी पाएका निकायहरुले बजार अनुगमनको कार्यलाई प्रभावकारी रुपमा अगाडि नबढाएको पाइएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रथम प्राथमिकतामा बजार अनुगमनको कार्य नपर्ने बताउदै उहाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सहायक कार्यमा बजार अनुगमनको कार्य पर्ने बताउनु भयो । साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले उपभोक्ताहरुबाट गुनासो आएमा त्यसको सम्बोधन गर्नका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पहल गर्ने गरेको भएपनि पछिल्लो समय उपभोक्ताहरुबाट गुनासो आउनेक्रम प्राय शुन्य रहेको बताउनु भयो । उपभोक्ताहरुबाट गुनासो नै नआउदा पनि बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसिकएको उहाले बताउनु भयो । संघीयता आएर पालिकाहरु अर्थात स्थानीय तह बनिसकेको अवस्थामा पालिकाहरुमा पालिकाका उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति रहने व्यवस्था रहेको र सोही समितिले बजार अनुगमनको कार्य गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताउनु भयो । पालिकाहरुलाई बजार अनुगमनका विषयमा सोध्दा जिल्ला प्रशासनलाई देखाउने र जिल्ला प्रशासन कार्यालयसंग बजार अनुगमनका विषयमा बुझ्दा पालिकाहरुलाई अधिकार रहेकाले बजार अनुगमन पालिकाले गर्नुपर्छ भनि रहदा उपभोक्ताहरु भने अन्यौलमा परेका छन् । कञ्चनपुरको जिल्ला सदरमुकाम समेत रहेको महेन्द्रनगर बजार मै पनि चाडपर्वका बेला मात्रै बजार अनुगमन गरीदा आफुहरुमा मारमा मरेको उपभोक्ताहरुले बताएका छन् ।

सम्बन्धित

Comments are closed.