नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै दार्चुलाको बाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । भारतीय सरकारले गरेको सिमा अतिक्रमणको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भत्र्सना गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई देशको सिमाना सम्वन्धी अन्तर्राष्ट्रिय कानुन विपरित नेपाली भुमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदी जोखिममा परेको भन्दै बदनियतपूर्ण कार्यलाई तुरुन्त रोक्न भारतलाई चेतावनी दिएको छ । यस्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाकाली नदीमा भारतले गरेको अतिक्रमणलाई रोक्न कुटनीतिक पहल गर्न सरकारसंग माग गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.