कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ सिंहपुर स्थित सिंहपुर सामुदायिक वनमा पर्यटकहरुको आगमन बढ्न थाल्यो
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ सिंहपुर स्थित सिंहपुर सामुदायिक वनमा पर्यटकहरुको आगमन बढ्न थालेको छ । पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरु कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ सिंहपुर स्थित सिंहपुर सामुदायिक वनमा अवलोकनका लागि पुग्नेक्रम बढ्न थालेको हो । बाह्य तथा आन्तरिक पर्यटकहरुका लागी वनभोज खाने र सामुदायिक वन अवलोकन गर्ने उद्देश्यले केही संरचना समेत बनाइएको कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनले जनाएको छ । डिभिजन वन कार्यालय र सिंहपुर सामुदायिक वनको १५ लाख रुपैयाको संयुक्त लगानीमा दुइ ओटा पोखरी, दुइ ओटो मचान र वनभोज घर निर्माण गरिएको सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताउनु भयो । सामुदायिक वनभित्र रहेको पोखरीमा माछा पालन गरिएको बताउदै केही दिनमा उक्त पोखरीमा डुंगा सञ्चालन गरि पर्यटकहरुलाई पोखरीमा डुगांमा सवार गराइने सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले बताउनु भयो । ‘सामुदायिक वनलाई थप सुन्दर दृष्यका लागी चिडियाखाना पनि निर्माण गर्ने र होमस्टे संचालन गर्ने योजना रहेको बताइएको छ । साथै राती बस्ने पर्यटकहरुले सिंहपुर गाउँको मघौटा नाच, झुमरा, सखिया, हुरडुंगुवा, मुंगरहुवा, लठहुवा र राना होरी नाच पनि हेर्न सकिने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ का गीतकार तथा कवि सुशील चौधरीले बताउनु भयो ।
Comments are closed.