सुदुरपश्चिम प्रदेशमा सोमवार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदुरपश्चिम प्रदेशमा सोमवार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार सुदुरपश्चिम प्रदेशमा ९ सय ४१ जनाको कोरोना परिक्षण गर्दा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमवार थप ५ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ५९ हजार ५ सय ८७ जना पुगेको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सुदुरपश्चिम प्रदेशमा सोमवार थप २ जना कोरोना भाइरसको संक्रमण मुक्त अर्थात निको भएका छन् । सोमवार थप २ जना कोरोनाको संक्रमण मुक्त भएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण मुक्त हुनेको कुल संख्या ४१ हजार ९ सय ९९ जना पुगेको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा ६ सय ३३ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.