तीन हजार नागरिक गएकाे साउनदेखि अन्धकारमा बस्न बाध्य

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका करिब तीन हजार नागरिक गएकाे साउनदेखि अन्धकारमा बस्न बाध्य छन् ।अदानचुली ४, ५ र ६ मा आठ महिनादेखि विद्युत् सेवा बन्द भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् ।

नहर मर्मतमा चासो नराख्दा विद्युत् आयोनना सञ्चालनमा आउन सकिरहेको छैन । विद्युतकाे नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.