डडेल्धुरा स्पिकिङ्ग आइडल २०७८ सम्पन्न भएको छ। सोमबार अमरगढी नगरपालिकाको निर्माण व्यावसायी संघको हलमा स्पिकिङ्ग आइडलको फाइनल सम्पन्न भएका हो। डडेल्धुराको पर्यटन विकासमा हाम्रो भूमिका शिर्षकमा भएको आइडलमा प्रथम निराजन द्वारीया हुनुभएको छ, भने दोस्रो निसा कार्की, तेस्रो ज्योति पुजारा भएका छन्। विजेताहरुले क्रमसः प्रथम पुरुस्कार नगद १५,०१५, द्धतिय १०,०१० र तृतिय २५,२५ ले र चौथोमा १,०१० का दरले प्राप्त गरेका छन्। उक्त पुरुस्कारको रकम समाजसेवी विनय प्रकाश मल्लले सहयोग गर्नुभएको थियो।
प्रतियोगिता खबरदारी न्यूजको आयोजना, शिखर बहुउद्देश्य विकास समाज सह–आयोजनामा र बोलन्या थलीको प्रवर्द्धनमा भएको थियो। स्पिकिङ्ग आइडलले जिल्लाका ७ वटै पालिकामा अडिशन सञ्चालन गरेको थियो। पालिकाबाटै ४ जनाका दरले छनोट भएका थिए। जिल्लाको समग्र विकासका लागि विद्यार्थीहरुमार्फत जानकारी गराउनुको साथै विद्यार्थीहरुको नेतृत्व विकासका लागि कार्यक्रमले भूमिका खेलेको हिक्मत मालीले बताउनुभयो । कोरोनाले २ वर्षसम्म विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप नभएकाले यस कार्यक्रमले विद्यार्थीहरुलाई प्रेरित गरेको आयोजकले बताएको छ।