कोरोनाको प्रभावका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव कैलालीको धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित गर्नु परेको थियो । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव माघमा संचालन गर्ने तयारी भएपनि कोरोनाका कारण अन्तिम समयमा आएर सुदूरपश्चिम महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिनु भयो । पछि मौसम प्रतिकुल नहुने भएका कारण चैत्र १० गते नै महोत्सव सञ्चालन गर्ने गरी तयारीमा थालिएको उहाले बताउनु भयो ।
Comments are closed.