कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यही चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताउनु भयो । उहाले खेलकुदसँग पर्यटन क्षेत्र पनि जोडिएको कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताउनु भयो । गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर एक लाख ५१ हजार एक रुपैया बनाइएको जनाइएको छ । कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागत रुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्नेछ । खेलमा तेस्रो स्थान हुनेले ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.