मुख्यमन्त्री कप उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा

मुख्यमन्त्री कप उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि अनुसार १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा स्नेहा महरा, मनीषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनीषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा अटाएका छन् । यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनीषा बोहरा वैकल्पिक खेलाडीको रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताउनु भयो । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा उन्नाइस वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ । उन्नाइस वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका सातै प्रदेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित

Comments are closed.