सरकार र निजी क्षेत्रबीच सहकार्यको वातावरण बने यसले छोटो समयमा राम्रो परिणाम दिन सक्ने : : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो परिणाम दिन सक्ने बताउनुभएको छ ।पर्साको पोखरीया नगरपालिकामा उद्योग वाणिज्य सङ्घद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।’सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो परिणाम आउँछ भन्ने कुरा आज उद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने कुरा उहाँले राख्नुभयो । निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै ढकालले बताउनुभयो ।

कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै उहाँले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सरकारको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेशन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना अस्पताल, होटल, विद्यालय, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराउनुभयो ।

सम्बन्धित

Comments are closed.