कञ्चपुरको पुर्नवास नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्न तयारी

कञ्चपुरको पुर्नवास नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्न तयारी थालिएको छ । पुर्नवास नगरपालिकामा रहेका निरक्षरहरुलाई साक्षर बनाउनका लागि पुर्नवास नगरपालिकाले कार्यक्रम नै सञ्चालन गरी रहेको र साक्षर नगरपालिका बनाउने तयारीमा रहेको कञ्चनपुरको पुर्नवास नगरपालिकाको शिक्षा शाखाले जनाएको हो । कञ्चनपुरको पुर्नवास नगरपालिकाको शिक्षा शाखाका प्रमुख शिवराज भट्टले साक्षर नगरपालिका घोषणाको तयारी भई रहेको र पुर्नवास नगरपालिकामा रहेका साक्षर र निरक्षरहरुको तथ्यांक पुष्टि गर्ने कार्य समेत भई रहेको बताउनु भयो । शुक्लाफाँटा एफ्.एमसंगको कुराकानीमा कञ्चनपुरको पुर्नवास नगरपालिकाको शिक्षा शाखाका प्रमुख शिवराज भट्टले पुर्नवास नगरपालिकामा शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि पनि आफुहरु लागि रहेका बताउनु भयो । पर्याप्त स्रोत साधन नभएको र जनशक्तिको समेत अभाव रहेको भएपनि आफुहरुले नगरपालिकाको क्षमताले भ्याएसम्म जनशक्तिको व्यवस्थापनदेखि लिएर अन्य व्यवस्थापनको कार्य गरी रहेका कञ्चनपुरको पुर्नवास नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टले बताउनु भयो । ३२ वटा सामुदायिक विद्यालय रहेको पुर्नवास नगरपालिकामा ५५ वटा बालविकास कक्षाका सहयोगी, बालविकास कक्षामा कार्यरत शिक्षक कर्मचारी र लेखामा कार्यरत जनशक्तिलाई पनि कञ्चनपुरको पुर्नवास नगरपालिकाले प्रोत्साहन स्वरुप रकम प्रदान गरी रहेको कञ्चनपुरको पुर्नवास नगरपालिकाको शिक्षा शाखाका प्रमुख शिवराज भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.