कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिनु भयो । “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उहाको दावी रहेको छ । नेपाल तथा सुदुरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको बताउदै प्रतियोगिताका संयोजक अधिकारीले प्रतियोगितालाई उत्सव र सानको रुपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको बताउनु भयो । प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिनु भयो । उहाका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिईनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । आगामी दिनमा सुदुरपश्चिममा फुटबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्नेमा पनि टेवा पुग्ने अपेक्षा गरिएको आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले बताउनु भयो । वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ । फागुन २८ गते धनगढीमै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गरिएको थियो ।