जिल्ला प्रशासन कार्यालय बझाङले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध

जिल्ला प्रशासन कार्यालय बझाङले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रंग नदल्न आग्रह गर्नु भएको हो । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङखल क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय बझाङले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङद्धारा जारी सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रंग दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.