गिरी र धामीको प्यारी मैना बोलको गीत सार्वजनिक

गिरी र धामीको प्यारी मैना बोलको गीत सार्वजनिक

गिरी र धामीको प्यारी मैना बोलको गीत सार्वजनिक
पवन औजी
महेन्द्रनगर, ४ चैत
अराज केशव गिरी र लाल बहादुर धामी (अछामी बड्डो) को प्यारी मैना बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार होली पर्वको अवशर पारी गिरी र धामी प्यारी मैना बोलको गीत सार्वजनिक गरेका हुन् । पछिल्लो समय कलाकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई योगदान पु¥याई रहेका गिरी र धामीले दर्शक र श्रोताहरुका लागि नयाँ गीत ल्याएका हुन् । नरेन्द्र राज रेग्मीको शब्द र लय रहेको उक्त गीतमा स्वर लाल बहादुर धामी (अछामी बड्डो) र सुनिता बुढाक्षेत्रीको रहेको छ । यस्तै अराज केशव गिरी निर्देशक रहेको उक्त गीतमा ¥याप र अभिनय समेत गिरीकै रहेको छ ।

 यसैगरी अभिनयमा गिरीसंगै लाल बहादुर धामी (अछामी बड्डो), मनिसा बोहरा लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त गीतमा नृत्य निर्देशक दिनेश बोहरा रहनु भएको छ । मनिसा बोहरा र दिनेश बोहरा संगीत क्षेत्रमा पछिल्लो समय उदयमान सम्भावना बोकेका कलाकार हुन् । दुई दशक(२० वर्ष)देखि गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गिरी र खासगरी देउडा क्षेत्रबाट चर्चित कलाकार लाल बहादुर धामी (अछामी बड्डो)ले संगीत क्षेत्रमा योगदान पु¥याउदै आई रहेका छन् ।

 दर्शकहरुमाझ चर्चित गिरी र धामीको जोडीले पछिल्लो समय विभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिदै आई रहेका छन् । पैसा कात्तरो, बड्डो आयो डिजेमा, नाच बड्डाउ नाच, हौसिया बाजकली (कैका पोइल जाउ) लगायतका विभिन्न चर्चित गीतहरुबाट लोकप्रियता कमाउदै गएका छन् । अन्य गीत जस्तै यस गीतलाई पनि माया दिने आशा आफुहरुले लिएर गिरी र धामीले बताएका छन् । आगामी दिनमा पनि आफुहरुले संगै मिलेर यी यस्तै विभिन्न प्रस्तुतीहरु लिएर दर्शक, श्रोता माझ आउने गिरी र धामीले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.