बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेश कुवँरको ज्यान गएको छ। शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटना हुँदा कुँवरको ज्यान गएको हो। उहाँले चलाएको सुपप्र०१(०१०प७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उहाँको देउरा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ। उहाँ बुंगलको सेरोफेरो एफएममा कार्यरत हुनुहुन्थ्यो।
Comments are closed.