सुदूरपश्चिम प्रदेशमा होलिको अवधिमा २७६ सवारीसाधन कारबाहीमा परेका छन । प्रदेशको नौवटै जिल्लामा शुक्रबार र शनिबार गरिएको सवारी कारबाहीमा २ लाख ५८ हजार ५ सय राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधन मध्ये सबैभन्दा बढी मापसे गरेर मोटरसाइकल चलाएको पाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । शुक्रबार प्रदेशभर १ सय ३८ सवारीसाधन कारबाही गर्दा ९९ हजार ५ सय राजश्व संकलन भएको हो । त्यस्तै शनिबार २ सय ३८ सवारीसाधनबाट १ लाख ५९ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधनमा सबैभन्दा बढी कैलालीमा रहेका छन ।