देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिन सक्छु भनेर सोच्नुपर्ने :उपराष्ट्रपति

 

उपराष्ट्रपति नन्दबहादुर पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिन सक्छु भनेर सोच्नुपर्ने बताउनुभएकाे छ । आज आइतवार काठमाण्डाैमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उहाँले सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, ‘देशले मलाई केही दिएन भन्नुभन्दा पनि मैले देशलाई के दिएँ ? के दिन सक्छु ? के गर्न सक्छु भन्ने सोचको विकास हुनु जरुरी छ जस्तो मलाई लाग्छ । र केही न केही आफ्नो ठाउँबाट योगदान गरौँ भनेर अभियान थाल्ने अभियानकर्मीहरूलाई धेरै धन्यवाद दिन चाहान्छु ।’उहाँले अनुशासित, नैतिकवान्, पारदर्शी र अरूको हितका लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्न सक्ने बताउनुभयो ।  कार्यक्रममा बाेल्दै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभयाे । समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यस प्रकारको विभेदको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । उपराष्ट्रपति पुनले विभेद अन्त्यका लागि थुप्रै खालका राजनीतिक सङ्घर्षहरू भए पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन हुन नसकेको बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.