सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा रहेको दाइजो कृषी सहकारी संस्थाले १२ जना किसानहरुलाई पावर टिलर वितरण

सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा रहेको दाइजो कृषी सहकारी संस्थाले १२ जना किसानहरुलाई पावर टिलर वितरण गरेको छ । मुख्यमन्त्री नमुना कृषी गाउँ खाद्यान्न बिउ उत्पादन समन्वय समिति धनगढी कृषी ज्ञान केन्द्र कैलालीले प्रदान गरेको ५० प्रतिशत अनुदानमा कृषी सामग्री पावर टिलर सहकारीले वितरण गरेको हो । सोमवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले सो पावर टिलर कृषकहरुलाई हस्तान्तरण गर्नु भएको हो । पावर टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषी क्षेत्रकै बिकासबाट मात्रै सम्बृद्धी ल्याउन सकिने भन्दै, कृषी, मल बिउ बिजनमा जोड दिएको बताउनु भयो । उत्पादन संगै बजारलाई जोड्न खोजिरहेका बताउदै मन्त्री चौधरीले उत्पादन बढाउनका लागी यान्त्रीकरणमा सहयोग गरिरहेका बताउनु भयो । सिचाई सुबिधा नभएर किसानले सोचेअनुसार उत्पादन गर्न नसकि रहेका बेला मुख्यमन्त्री कृषी कार्यक्रम लागु भएसंगै किसानको उत्पादन बढेको बताउदै सुदूरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले प्रदेश सरकार आएपछि किसानका हरेक समस्यामा सहयोग गरिरहेको बताउनु भयो । तर अनुदान लिएर कामै नगर्ने पाएको सहयोग सामग्री समेत बिक्रि गरेकोपनि पाइएको बताउदै उहाले अब त्यस्तो नहुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका नेता तथा सहकारीका सेयर सदस्य दीर्घ जोशीले प्रदेश सरकारबाट आफ्नो सहकारीलाई भएको सहयोगले किसानको जिबिकोपार्जनमा उल्लेख्य सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.