नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा कांग्रेसले कुनै पनि हालतमा गठबन्धन नगर्ने बताउनु भयो

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा कांग्रेसले कुनै पनि हालतमा गठबन्धन नगर्ने बताउनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनदेखि नै गठबन्धन हुने बताइरहँदा देउवाकै गृह जिल्ला समेत रहेको सुदुरपश्चिम प्रदेशमा नेपाली काग्रेसका सुदुरपश्चिम प्रदेश सभापति बलायरले सुदूरपश्चिममा भने कुनै पनि हालतमा गठबन्धन नगरिने बताउनु भएको हो । नेपाली काग्रेसका सुदुरपश्चिम प्रदेश सभापति बलायरले प्रधानमन्त्री एवम् काग्रेस सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा चुनाव लक्षित पार्टी तथा कार्यकर्ता अन्तरक्रियामा बोल्दै सुदूरपश्चिममा कुनै पनि हालतमा गठबन्धन हुन नसक्ने बताउनु भयो । सोमबार बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा पनि सभापति वलायरले सुदूरपश्चिममा गठबन्धनको आवश्यकता नभएको भन्दै कार्यकर्ताले दबाब दिएको बताउनु भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.