पाँच दलीय गठबन्धन अझै एकताबद्ध भएर जाने : प्रधानमन्त्री देउवा

 

 प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन अझै एकताबद्ध भएर जाने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा समारोहलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘म गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बनेको हुँ। आगामी चुनावमा पनि एकताबाद्ध भएर अगाडि बढ्छौँ।’

पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेकाले कुनै समस्या नभएको प्रष्ट पार्नुभयो। देउवाले भन्नुभयो, ‘पार्टीले गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने निर्णय गरिसकेको छ। हाम्रो पार्टी गठबन्धनको विपक्षमा छैन। अब गठबन्धन थप सुदृढ भएको छ।’ गठबन्धनमा अहिले कुनै समस्या नभएको दाबी गर्दै उहाँले कहीँ कतै केही समस्या निम्तिए पनि समाधान गरेर अघि बढ्ने उद्घोष गर्नुभयो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.