बैतडीमा विभिन्न पदमा कर्मचारीको अभाव

 

जिल्ला समन्वय समिति बैतडीमा विभिन्न पदमा कर्मचारीको अभाव रहेको छ। स्थापनाको ५ वर्ष हुनै लाग्दा समेत समितिमा कर्मचारीको पदपूर्ती हुन नसकेको हो। कार्यालयमा दरबन्दीका कर्मचारी नआएका जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो। सरकारले नै समन्वय समितिको भूमिकालाई खुम्च्याएको आरोप लगाउँदै प्रमुख भट्टले कर्मचारी अभावमा समन्वय समितिका कामहरु प्रभावित भएको बताउनुभये।

समितिमा एकरएक जना समन्वय अधिकारी, शाखा अधिकृत, इन्जिनियर, सव ओभरसियर र लेखापालको दरबन्दी खाली रहेको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी गोविन्द भट्टले जानकारी दिनुभयो । समन्वय अधिकारी र शाखा अधिकृत पनि ६ महिनामात्रै पदपूर्ती भएको र त्यसपछि निमित्तकै भरमा काम भइरहेको बताइएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.