कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बोराडाँडीबाट चटकपुरतर्फ आइरहेको से ४ प १८१७ नम्बरको मोटरसाइकललाई सोहीतर्फ गइरहेको सु.प.प्र. ०१ ००८ प २४४७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो। उक्त मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएर विपरीत लेनमा पुगेको १८१७ नम्बरको मोटरसाइकल चटकपुरबाट बोराडाँडीतर्फ गइरहेको बा ११ च ८६४७ नम्बरको कारमा ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ। ठक्करबाट मानविय क्षति नभएको तर कारमा क्षति भएको प्रहरीले जनाएको छ।
Comments are closed.