प्रधानमन्त्री देउवा आज तीन दिने भारत भ्रमणमा जाँदै

 

प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदैहुनुहुन्छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट आइतबार साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुने जनाईएको छ।

सम्बन्धित

Comments are closed.