अन्तराष्ट्रिय मानव संघका संस्थापक जैन सादु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजको सर्वोदय शान्ति पदयात्रा कञ्चनपुरको गड्डाचौकीबाट शुक्रवार भारत प्रवेश
अन्तराष्ट्रिय मानव संघका संस्थापक जैन सादु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजको सर्वोदय शान्ति पदयात्रा कञ्चनपुरको गड्डाचौकीबाट शुक्रवार भारत प्रवेश गर्नु भएको छ ।
मेचीबाट पैदलयात्रा गरेर नेपाल प्रवेश गरेका डा. मणिभद्र महाराज र विराज मुनीजी महाराज झन्डै २ वर्ष सम्म नेपालका विभिन्न जिल्लाहरुको पदयात्रा गर्दै विहिबार पश्चिमी सीमानाका गड्डाचौकी पुग्नु भएको थियो ।
शान्ती र अहिंसाको कामना गर्दै र मानिसलाई धर्मको संदेश दिदैँ थालिएको पदयात्रा शुक्रबार भारत प्रवेश गर्नु भएको विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष जोत्सना साउँदले बताउनु भयो । उहाका अनुसार शुक्रवार भारत प्रवेश पश्चात भारतको खटिमा,सितारगञ्ज, नैनताल, कासीपुर र हस्तिनापुर हुदैँ दिल्ली सम्म जाने योजना छ । शुक्रबार विश्व हिन्दु महासंघले गड्डाचौकीमा सर्वोदय शान्ती पदयात्राको नेपालबाट विदाई र भारत प्रवेशकालागि भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
शुक्रबार सर्वोदय शान्ती पदयात्राको नेपालबाट विदाई र भारत प्रवेशका लागि विश्व हिन्दु महासंघले गड्डाचौकीमा कार्यक्रम गरिएको र विश्व शान्तिका लागि पैदलयात्रा गरी रहनु भएका डा.मणिभद्र महाराज र विराज मुनीजीको स्वागत समेत गरिएको कार्यक्रमा स्वागत मन्तव्य समेत राख्नु भएका विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष जोत्सना साउँदले जानकारी दिनु भयो । उहाका अनुसार महाराजको सर्वोदय शान्ती पदयात्रा भारत प्रवेश गर्ने कार्यक्रम अन्र्तगत गड्डाचौकीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, विशिष्ट अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउद र पुर्व प्रधानन्यायधीश गोपाल प्रसाद पराजुली रहनु भएको थियो ।
उक्त कार्यक्रम पश्चात नेपालका विशिष्ट व्यक्तिहरुसहितको नेपाली पक्षले नेपालबाट बिदाई गरेपश्चात भारतका विशिष्ट व्यक्तिहरुको सहभागितामा डा. मणिभद्र महाराज र विराज मुनीजी महाराजको भारतीय पक्षले गड्डाचौकी सीमा नाकामा स्वागत गरेको छ । डा. मणिभद्र महाराज आजिवन पदयात्री हुनुहुन्छ । डा. मणिभद्र महाराजले आफुहरुले पनि सवारी साधनको प्रयोग नगर्ने बताउदै अहिले नेपालमा सवारी साधनको प्रयोग नगर्ने सादु १४ हजार जना रहेका बताउनु भयो । आफुले दिक्षा(घर परिवार सबै त्यागेको) लिएको ३८ वर्ष भइसकेको र अहिले सम्म ८५ हजार किलोमिटर पदयात्रा गरिसकेको जानकारी दिनु भयो । उहाले आफुहरु कुनैपनि ठाउँमा ४ महिना भन्दा बढि नबस्ने गरेको बताउनु भयो । शुक्रवार कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा आयोजित कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको बैजनाथ भजन कीर्तन समुहका सदस्यहरु तथा आध्यात्मिक चिन्तन राख्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।