कञ्चनपुरमा बजार अनुगमन नहुदा उपभोक्ताहरु मारमा पर्नेक्रम जारी छ । पटकपटक बजार अनुगमनका लागि विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रसारण प्रकाशन गरी दबाब सिर्जना गरेका भएपनि बजार अनुगमनको जिम्मेवारी पाएका स्थानीय तह र जिल्ला प्रशासनले त्यसतर्फ ध्यान नदिएको पाइएको हो । यसरी बजार अनुगमन नगरीदा उपभोक्ताहरु भने मारमा पर्ने गरेका छन् ।
यसै कुरालाई दुई दिन अघि कञ्चनपुरको वेदकोट नगरपालिका दैजीमा भएको एक घटनाले पनि पुष्टि गरेको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड दैजीद्धारा सञ्चालिच डेरी पसलबाट दुध र दही खरीद गरी घर लगेको र त्यो दुध तथा दहीमा किरा फेला परेको कञ्चनपुरको वेदकोट नगरपालिका दैजीका स्थानीय डम्मरदत्त पन्तले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
बजार अनुगमन नहुदा आफुहरु गुणस्तरहीन र म्याद नाघेका वस्तुहरु खरीद गर्न बाध्य भई रहेको बताउदै पन्तले बजार अनुगमन गर्ने अधिकार पाएका निकायले बजार अनुगमन गर्नुपर्नेमा जोड दिनु भयो । बजार अनुगमनको कार्य नियमित रुपमा किन हुन सकि रहेको छैन् भनेर बुझ्न खोज्दा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाइ देखाउने र स्थानीय तहलाई बुझ्दा आफुहरुले चाडपर्वका बेला गरी रहेको बताउने गरेका छन् ।
जनताको करबाट तलब भत्ता लिदै आएका कर्मचारीहरुले तोकिएको जिम्मेवारी पुरा नगरीदिदा र बजार अनुगमन जस्तो अतिआवश्यक कार्यलाई समेत महत्व नदिदा उपभोक्ताहरु मारमा पर्नेक्रम जारी रहेको छ । यद्यपि नागरीक समाज र उपभोक्ता अधिकारकर्मीहरुले समेत यसमा ध्यान दिन नसकेको कतिपयको गुनासो रहेको छ ।
Comments are closed.