नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताउनु भएको बताउनु भयो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताउनु भएको बताउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपालले आईतवार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले जित जितको स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो सहमतिले जनता पनि उत्साहित भएका बताउनु भयो । उहाले चुनावमा जाने कुराका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताउनु भयो । आफुहरुले नाराहरु तयार गरेको, कामका योजना अगाडि सारेका र कामको जिम्मेवारी प्रदान गरेका बताउदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको बताउनु भयो ।