नेपालमा आएका ठुलाठुला परिवर्तनको अगुवाई पत्रकारहरुले गरेका सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताईन्
नेपालमा आएका ठुलाठुला परिवर्तनको अगुवाई पत्रकारहरुले गरेका सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताउनु भएको छ । सोमवार कञ्चनपुरको भीमदत्त नगरपालिका मझगाउमा आयोजित पत्रकार क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सो कुरा बताउनु भएको हो । नेपालमा सकारात्मक परिवर्तका लागि पत्रकारहरुले खेलेको भुमिकाको समेत उहाले प्रशंसा गर्नु भयो । कोभिड महामारीका बेला पनि सञ्चारकर्मीहरुले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु जस्तै अग्रपंक्तिमा खटिएर काम गरेका बताउदै सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले महामारीका बेला खेलेको उक्त भुमिकाको समेत प्रशंसा गर्नु भयो । उक्त कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले साझा सवालमा साझा दृष्टिकोण हुनुपर्ने बताउनु भयो । विभिन्न समयमा परिवर्तनका लागि साझा दृष्टिकोण नभई दिदा अपेक्षित नतिजा हासिल गर्न नसकिएको बताउदै सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले साझा सवालमा साझा दृष्टिकोण हुनैपर्ने बताउनु भयो । सञ्चारकर्मी, सुरक्षाकर्मी र अधिकारकर्मीको दृष्टिकोण फरकफरक भएकाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाबारे अझै सत्यतथ्य बाहिर आउन नसकेको उहाले बताउनु भयो । सुदुुरपश्चिम प्रदेशको मुहार फेर्नका लागि पत्रकारहरुले भुमिका खेल्न आवश्यक रहेको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताउनु भयो । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको आयोजना तथा सुदुुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्य रहनु भएको थियो । यस्तै अतिथिहरुमा अग्रज पत्रकार मनमोहन स्वार, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्ना, नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाका अध्यक्ष माधवसिंह धामी लगायत रहनु भएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले अरु पेशामा आफ्ना लागि गरीने भएपनि पत्रकारिता आफ्ना लागि नभई समाजका लागि गरीने गरेको बताउनु भयो । उहाले पत्रकारितामा पत्रकारले आफ्नो व्यक्तिगत सवालका बारेमा समाचार तथा कार्यक्रम नबनाई समाजका विषयवस्तुलाई उठान गर्ने गरेको बताउनु भयो । साथै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय सुचना प्रविधिले ल्याएको अवशर र चुनौती दुवैलाई पत्रकारले अवलम्बन गरी सो अनुसार पत्रकारिता गर्न आवश्यक रहेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावलले पत्रकारहरुको हकहितका लागि र क्षमता विकासका लागि नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिति लागि परेको बताउदै पत्रकारको क्षमता विकासका लागि सुुदुरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीने बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र अग्रज पत्रकार मनमोहन स्वारले गरी रहनु भएको छ । कार्यक्रम मंगलवार सम्पन्न हुनेछ ।