कैलालीको धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज बुधबार विहान नेपालगञ्जमा आपतकालीन अवतरण

कैलालीको धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज बुधबार विहान नेपालगञ्जमा आपतकालीन अवतरण गरेको छ । सो विमानमा यात्रा गरिरहनुभएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपतत्तकालिन अवतरण गराइएको थियो । न्यायाधीश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाडौंका लागि उडेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.