सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि सहभागी गराउने तयारी

 

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे ठोस सहमति भएपछि यस्तो तयारी भएको हो। त्यसको जानकारी काँग्रेसको प्रदेश समितिलाई पनि दिइएको छ। प्रदेश महामनत्री मेघराज खड्काले सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताउनुभयो। अहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्दै आएको छ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री, अन्य दुई मन्त्री र एकजना राज्यमन्त्री, एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन्। अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र काँग्रेसलाई २–२ वटा मन्त्रालय राखेर अगाडि बढ्ने मौखिक सहमति भएको हो।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.