ब्रिटिश गोर्खा र सिंगापुर पुलिसको छनौट प्रकृयाका लागि रिक्रुटिङ अधिकृतहरुको विशेष टोली सुदूरपश्चिम प्रदेश भ्रमणमा

ब्रिटिश गोर्खा र सिंगापुर पुलिसको छनौट प्रकृयाका लागि रिक्रुटिङ अधिकृतहरुको विशेष टोली सुदूरपश्चिम प्रदेश भ्रमणमा आएको छ । नेपालको पूर्वी भेगबाट ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा बर्सेनी ठूलो सहभागिता हुने गरेपनि सुदूरपश्चिमका युवाहरु यस अवसरबाट बञ्चित हुँदै आएका छन् । सुदूरपश्चिमबाट पनि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तिको अवसर बढाउन उच्च तहबाट अधिकृतहरु सुदूरपश्चिम आएका हुन् । भ्रमण टोलीमा ब्रिटिश गोर्खा र सिंगापुर पुलिसका अपरेसन अफिसर हाना कारास र तीर्र्थ गुरुङ लगायत छन् । उक्त टोलीलाई कैलालीको धनगढी स्थित सुदूरपश्चिाञ्चल कयाम्पसका प्रमुख योगराज उपाध्यायले स्वागत गर्दै ब्रिटिश गोर्खा आर्मी र सिंगापुर पुलिस फोर्सजस्तो आकर्षक र सम्मानित सेवामा यस क्षेत्रका युवाहरुको प्रवेशका लागि यो अवसर महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नु भयो । सो टोलीले बिहिबार सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तीका लागि आवश्यक पर्ने मापदण्डका बारेमा जानकारी दिदैँ उहाहरुलाई भर्तीका लागि उत्पे्ररित गरेको छ । ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा सुदूरपश्चिमका युवाहरुको सहभागिता बढाउन क्याम्पसको समन्वयमा भर्ती छनौट प्रकृयाबारे टोलीले क्याम्पसका विद्यार्थीहरुलाई जानकारी दिएको हो । सो टोलीले अझै केही हप्ता सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरेर युवाहरुलाई यस प्रकृयाबारे जानकारी दिनेछ । टोलीको नेतृत्व गरिरहेकी अपरेसन अफिसर क्याप्टेन हाना करासले ब्रिटिश गोर्खा र सिंगापुर पुलिसका लागि योग्य उम्मेदवार छनौट प्रकृयाका लागि यहाँ आएको जानकारी दिनु भयो । प्रारम्भिक छनौट प्रकृयामा सहभागी हुन इच्छुक युवाहरुले अनलाइनमार्फत फर्म भर्न सक्ने उहाले बताउनु भयो । त्यसपछि सुदूरपश्चिम प्रदेशसहित मध्य नेपालका २५ जिल्लाका युवाहरुको छनौट सुर्खेतको बीरेन्द्रनगरमा हुनेछ । चैत्र २१ गतेदेखि खुलेको अनलाइन फर्म वैशाख २५ गतेसम्म भर्न सकिने रिक्रुटिङ अफिसर क्याप्टेन तीर्थ गुरुङले बताउनु भयो । सुदूरपश्चिमका युवाहरुलाई बढीभन्दा बढी सहभागी गराउन फिल्डमै आएर यर्थापरक र तथ्यगत जानकारी दिइरहेको उहाले बताउनु भयो । उहाका अनुसार यस वर्ष नेपालबाट ब्रिटिश गोर्खा आर्मीका लागि १९६ जना र सिंगापुर पुलिस फोर्सका लागि १४० जना छनौट हुनेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.