स्वदेशमै उच्च शिक्षा अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने : राष्ट्रपति

 राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै त्यसकाे वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवारदेखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को काठमाण्डाैमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेका भन्दै याे क्रमलाई रोकेर नेपाललाई विदेशी विद्यार्थीको अध्ययनको गन्तव्य बनाउन सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताउनुभयो । उहाँले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले निर्माण गरेका विश्वविद्यालयलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचक्याइँ नगर्न कुलपतिहरूलाई आग्रह गर्नुभयो । उहाँले यस्तो पक्षले उच्च शिक्षालाई नियमन गर्ने कुरामा गम्भीर असर परिरहेको बताउनुभयो ।

सम्बन्धित

Comments are closed.