सेती नदीमा नुहाउने क्रममा डुबेर मंगलवार एक जना वृद्धको ज्यान गयो

सेती नदीमा नुहाउने क्रममा डुबेर मंगलवार एक जना वृद्धको ज्यान गएको छ । डोटीको प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजा गर्न आएका के आइसिंह गाउँपालिका–६ भिताडीका राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो । मंगलवार बिहान करिब १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.