रानाथारु विद्यार्थी समाज कैलाली कञ्चनपुरले बेसहारा गरीब विद्यार्थीहरूलाई सहयोग गरेको छ । रानाथारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष सुरज रानाको सभापतित्वमा रानाथारु विद्यार्थी समाज कैलाली कञ्चनपुरले बेसहारा गरीब विद्यार्थीहरूलाई सहयोग गरेको हो । नयाँ वर्ष २०७९ सालको अवसरमा बेसहारा गरीब विद्यार्थीहरूका लागि चन्दा संकलन गरी सहयोग गरेको रानाथारु विद्यार्थी समाज कैलाली कञ्चनपुरले जनाएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला उप–सभापति हरीचन्द्र राना , विशिस्ट अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश कमिटी सदस्य भुलिया राना , विशिस्ट अतिथि नेपाली कांग्रेस कैलाली जिल्ला प्रदेश क्षेत्र न.५ क का सभापति तथा धनगढी उप–महानगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम राना, विशिस्ट अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला प्रदेश क्षेत्र न.१ क का उप– सभापति जगदीश राना , विशिस्ट अतिथि धनगढी १० न.वडाका वडा अध्यक्ष राजेन्द्र राना ,विशिस्ट अतिथि लालझाडी २ न. वडाका वडा अध्यक्ष हेमराज राना ,विशिस्ट अतिथि धनगढी १७ न. वडाका वडा अध्यक्ष माधव राज राना , विशिस्ट अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला सदस्य राधा राना रहेका थिए । अतिथिहरुमा पुनर्वासका शिक्षक निर्मल राना , लगायत पुनर्वास ७ का कर्मचारी अजय राना रहेका थिए । सो कार्यक्रममा कैलाली, कञ्चपुरका ७० जनाभन्दा बढी रानाथारु समुदायका विद्यार्थी उपस्थिति रहेको नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरका सचिव नरेश रानाले बताउनु भयो । विद्यार्थी समाजले लालझाडी गाउँपालिकाका ९ जना गरीब तथा बेसहारा रानाथारु विद्यार्थीहरूलाइ कपि सहयोग गरेको बताइएको छ । कैलालीको धनगढी उपमहानगर पालिका वडा नम्वर ७,१० र १७ का वडा अध्यक्ष कञ्चनपुरको पुनर्वास वडा नम्वर ८ र लालझाडीको वडा नम्वर २ का वडा अध्यक्षले आर्थिक सहयोग गरेको बताइएको छ ।
Comments are closed.